कैलाली-४ः विभिन्न पार्टी परित्याग गरी खैरालाका १३ जना काँग्रेसमा प्रवेश

कैलाली । नेपाली कांग्रेसमा चुरे गाउँपालिका–२ खैरालाबाट १३ जना नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । खैराला गाउँमा आयोजित चुनावी सभाका अवसरमा उनीहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् । कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।

पार्टी प्रवेश गर्नेहरू पूर्व रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टीसँग आबद्ध थिए । ती पार्टी परित्याग गर्दै उनीहरूले नेपाली कांग्रेस रोजेको बताएका छन् ।

कांग्रेसमा प्रवेश गर्नेहरूमा लक्ष्मण बलामी मगर, ओमबहादुर लामिछाने मगर, पहलबहादुर सिजापति मगर, सरिता सिजापती, लक्ष्मीदेवी जोल्मी मगर, खगीदेवी बलामी मगर, कमलादेवी सिजापती मगर, देवीसरा लामिछाने, मानबहादुर तारामी मगर, खगीदेवी तारामी मगर, खगीदेवी सिजापती, विष्नादेवी राना र पहलबहादुर दर्लामी रहेका छन् ।

उनीहरूलाई कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ले टीका तथा खादा लगाएर स्वागत गरेका थिए । स्वागतका क्रममा बिष्टले पार्टीलाई अझ सशक्त बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

पार्टी प्रवेश गर्ने नवआबद्ध सदस्यहरूले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन गाउँ–टोलस्तरबाट सक्रिय रूपमा परिचालन हुने प्रतिबद्धता जनाएका छन् । उनीहरूले संगठन विस्तार र जनसमर्थन अभिवृद्धिका लागि निरन्तर काम गर्ने बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार