गेटा मेडिकल कलेज र सेतीलाई सुधार्ने डा. चन्दको बाचा, भने- ‘पैसा नभएर रोग पाल्ने अवस्थाको अन्त्य गर्छौं’

धनगढी । कैलाली ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्दले स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै डा. चन्दले सुगम जिल्ला भए पनि कैलालीमा स्वास्थ्य क्षेत्रको अवस्था कमजोर अवस्थामा रहेको भन्दै उनले रास्वपाले स्वास्थ्य क्षेत्रको सुधार गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

खासगरी दशकौँदेखि प्रयोगबिहीन भएर बसेको गेटा मेडिकल कलेजको संरचनालाई प्रयोगमा ल्याउन आफू र आफ्नो पार्टी प्रतिबद्ध भएको चन्दले बताएका छन् ।

अर्कोतर्फ स्वास्थ्य क्षेत्रमा मुलुकले फड्को मारिसक्यो भनिरहँदा सुदूरपश्चिम प्रदेशकै रेफरल सेन्टरका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा आईसीयु र बेडको अभावले बिरामी छट्पटाउनुपर्ने अवस्था रहेको चन्दले बताएका छन् । सो अवस्था अन्त्य गर्ने चन्दले प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘गेटामा वर्षौंदेखि अलपत्र भवनहरु देख्नुभएको छ । अर्कोतिर सेती प्रादेशिक अस्पतालमा आईसियुदेखि बेडसम्मको अभाव पनि देख्नुभएको छ । एकातिर संरचना खाली, अर्कोतर्फ बिरामी छट्पटाउने अवस्था छ ।’, उनले भने, ‘यस्तो अवस्थाको अन्त्य रास्वपाले मात्र गर्न सक्छ । गेटामा मेडिकल शिक्षा सञ्चालन गरेर र सेती प्रादेशिक अस्पताललाई स्तरोन्नती गर्ने हाम्रो स्पष्ट योजना छ ।’

त्यस्तै कैलाली क्षेत्र नम्बर ५ मा अहिले पनि महँगो उपचार खर्चकै कारण नागरिकहरु रोग पालेर बस्न बाध्य भएको उल्लेख गर्दै चन्दै सो अवस्था अन्त्यका लागि स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने बाचा गरेका छन् ।

‘आज मेरो क्षेत्रका नागरिक महँगो उपचार खर्चले रोग पालेर बस्न बाध्य छन् । उपचारका लागि घरखेत बेच्नुपर्ने अवस्था छ । त्यसका लागि स्वास्थ्य बीमा प्रभावकारी बनाउनैपर्छ ।’, उनले भने, ‘कसरी प्रभावकारी बनाउने ? त्यो नीति र विधि हामी बनाउछौँ । बाचा गर्छु बनाएरै छोड्छौँ ।’

यस्तै सिकलसेलबारे चेतना र उपचारका लागि पर्याप्त पहल नगरिएको बताउँदै उनले हाल सरकारले प्रदान गर्दै आएको एक लाख रुपैयाँ कम भएको भन्दै सो रकम बढाउन पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार