झापा–५ का लागि ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता (पूर्णपाठ)

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षालाई मूल मन्त्र बनाइएको उक्त प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

राजनीतिक स्थायित्व र पपुलिजमको विरोध
प्रति प्रतिबद्धता पत्रमा एमालेले आफूलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार दाबी गर्दै राजनीतिक अस्थिरताका कारण मुलुकले क्षति बेहोर्नुपरेको उल्लेख गरेको छ । विशेष गरी पछिल्लो समय राजनीतिमा देखिएको ‘स्टन्टबाजी’ र ‘पपुलिस्ट’ चरित्रले सर्वसाधारणमा भ्रम पैदा गरेको एमालेको ठहर छ ।

सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी फैलाइएका तथ्यहीन कुराहरूलाई चिर्दै अधुरा कामहरू पूरा गर्ने जिम्मेवारी एमालेले लिने प्रतिबद्धता व्यक्त गरे । 
अध्यक्ष ओलीले सुशासनलाई लोकतन्त्रको सुन्दरता भन्दै भ्रष्टाचार नियन्त्रणमा ‘शून्य सहनशीलता’ अपनाइने बताएका छन् ।

यस्तै, नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भू–जडित’ मुलुक बनाउन छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिमार्फत कूटनीतिक पहल गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको ।

यस्तै प्रतिबद्धता पत्रमा विगतको एमाले सरकारले सुरु गरेका तर हाल रोकिएका विकास आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने संकल्प गरिएको छ ।

दमक सभाहल सञ्चालन, आदिवासी सङ्ग्रहालय निर्माण र प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यलाई एमालेले आफ्नो मुख्य एजेण्डा बनाएको छ ।

अध्यक्ष ओलीले झापा–५ का मतदातालाई आफ्नो अमूल्य मत दिई विजयी गराउन अपील गर्दै निर्वाचित भएपछि यी ४२ वटै बुँदाहरूलाई कार्यान्वयनको चरणमा लैजाने दृढता व्यक्त गरेका छन् ।

यस्तो छ पूर्णपाठः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार