कैलाली–५ : पुराना दलप्रति आक्रोश, नयाँ विकल्पको खोजी

कैलाली । कैलाली क्षेत्र नम्बर–५ सुदूरपश्चिम प्रदेशको राजधानी हो । राजधानी मात्र नभई कैलाली–५ सुदूरपश्चिम प्रदेशका अन्य क्षेत्रको तुलनामा शिक्षित मतदाता भएको क्षेत्र पनि हो । विगत देखिनै कैलाली–५ का मतदाताले स्वविवेक प्रयोग गरेको पाइन्छ ।

२०६४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट लिला भण्डारीले साविकको कैलाली क्षेत्र नम्बर–६ (हालको क्षेत्र नम्बर–५) बाट संविधा सभाको निर्वाचन जितेकी थिइन् । २०६८ को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका तत्कालीन नेता शेरबहादुर देउवाले चुनाव वितेका थिए । देउवाले यो क्षेत्र छोडेर डडेल्धुरा रोजेपछि भएको उपचुनावमा पनि कांग्रेस नेता पुस्करनाथ ओझाले जित हासिल गरे ।

२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपाका नारद मुनि रानाले जितेको कैलाली ५ मा २०७९ को निर्वाचनमा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त निर्वाचित भएका थिए । यस पटकको निर्वाचनमा पनि कैलाली–५ का मतदाताले कसलाई मत दिने भन्ने निर्क्यौल गरिसकेका छैनन् । तर, पुराना दलप्रति आक्रोश भने बढी देखिन्छ ।

फागुन २१ गते हुने प्रतिनिधसभा निर्वाचनका विषयमा गरेको स्थलगत रिपोर्टिङमा कैलाली–५ मा यस पटक पनि फरक मत परिणाम आउने आकलन भने गर्न सकिन्छ । धनगढी–३ की राधिका कार्की विगतमा आश्वासन दिएर जितेका दल र उम्मेदवारले काम गरेर दखाउन नसकेको बताउँछिन् । उनले यस पटकको निर्वाचनमा मत परिवर्तन गर्ने स्पष्ट सन्देश दिइन् ।

धनगढी–३ की जेष्ठ मतदाता जानकी सिंह पनि विगतमा मत दिएर पठाएकाबाट सोचेअनुसार काम हुन नसकेको बताउँछिन् । विगतमा राजनीतिक दलले गरेका वाचा वोलिमै सिमित भएको उनको अनुभव छ । केही परिवर्तन भएपनि अपेक्षा अनुसार विकास हुन नसकेको सिंहको भनाइ छ ।

धनगढी–३ कै मतदाता पार्वती धामी विगतमा भोट दिएर जिताएका उम्मेदवारले आफ्ना वाचा पूरा हुन नसकेको बताउँछिन् । धनगढीका स्वतन्त्र मेयर गोपाल हमालको कामको प्रशंसा गर्ने धामी दलबाट भने सन्तुष्ट देखिँदैनन् । अहिलेको पुस्ता नयाँ सोचका साथ अघि बढेकाले परिणाम पनि फरक आउन सक्ने धामीको भनाइ छ ।

कैलाली–५ कै मतदाता माधव ढकाल पनि जनतामा निराशा रहेकाले उत्साह नदेखिएको बताउँछन् । राजनीतिक दलले हालसम्म शासन गरेका दलहरुले सोचे अनुसार काम नगर्दा गरिबी बढेको ढकाल बताउँछन् । देशमा प्रयाप्त सम्भावना भएपनि दलहरुले त्यसलाई सदुपयोग गर्न नसकेको ढकालको भनाइ छ । परिवर्तन भएपनि सुस्त भएकाले नागरिकमा निराशा बढेको ढकाल बताउँछन् ।

कैलाली–५ मा एक लाख १६ हजार मतदाता रहेका छन् । यस क्षेत्रमा कांग्रेसका प्रदेश महामन्त्री नरनारायण शाह (मनु), एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, नेकपाका नेता प्रेम आले, रास्वपाबाट आनन्दबहादुर चन्द प्रतिस्पर्धामा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार