डडेल्धुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै बीपी कांग्रेस डडेल्धुराले महत्वपूर्ण बैठकहरू बोलाएको छ ।
पार्टीले सोमबार जारी गरेको सूचनाअनुसार फागुन ५ गते दिउँसो १ बजे जिल्ला कार्यसमितिका सम्पूर्ण सदस्यहरूको बैठक बस्नेछ ।
त्यस्तै, फागुन ६ गते बिहान ११ बजे बीपी कांग्रेससँग आबद्ध डडेल्धुराका जिम्मेवार नेता–कार्यकर्ताहरूको छुट्टै बैठक आयोजना गरिएको छ । दुवै बैठक किसुनजी भवनस्थित पार्टी कार्यालयमा हुने जनाइएको छ ।
बैठकमा पार्टीका उपसभापति कर्णबहादुर मल्ल पनि सहभागी हुने कार्यक्रम छ ।
यस पटक डडेल्धुराबाट बीपी कांग्रेसले आफ्नै उम्मेदवार नउठाएको सन्दर्भमा बैठकलाई विशेष अर्थपूर्ण मानिएको छ । छलफलपछि जिल्लामा कसलाई समर्थन गर्ने भन्ने विषयमा औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्