धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द बहादुर चन्दले ‘नागरिक करार पत्र’ सार्वजनिक गरेका छन् । कैलाली ५ बाट उम्मेदवारी दिएका चन्दले चुनावी अभियानकै बीच ‘नागरिक करार पत्र’ सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता र देश निर्माणको स्पष्ट मार्गचित्रका रुपमा लिइएको उक्त ‘नागरिक करार पत्र’मा चन्दले सुशासन, पारदर्शिता, मध्यमवर्गीय सशक्तिकरण, कला र कृषि उद्योगको प्रवद्र्धन र विदेश पलायन रोक्नेजस्ता मुद्दा उठाएका छन् ।
त्यसो त पछिल्लो समय रोजगारी र अवसरको अभावमा नागरिकहरु विदेशिने क्रम बढ्दो छ । अझ कैलालीमा भयावह बन्दै गएको विदेश पलायनले थप चुनौती थपेको छ । यही बुझेका चन्दले विदेश पलायन रोक्ने र स्वदेशमै अवसर सृजना गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘नागरिक करार पत्र’मा डा. चन्दले सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, काम, काम, कनेक्टिभिटी र प्रवासलाई प्राथमिकतामा राखेका छन् ।
हेर्दा सरल र सामान्य देखिने यी विषयले नागरिकको जिवनस्तर बदल्न सक्ने चन्दको दाबी छ । उनले यही ‘नागरिक करार पत्र’मार्फत समृद्धिको नयाँ ढोका खोल्ने पनि बताएका छन् । यस्तो छ चन्दको ‘नागरिक करार पत्र’:





प्रतिक्रिया दिनुहोस्