धनगढी: अनेरास्ववियु कैलाली बहुमुखी क्याम्पस कमिटिले प्रजातन्त्र दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ।
यहि फागुन ७ गते बिहीबार क्याम्पसमा आन्तरिक हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने अध्यक्ष पुष्पराज राना (विप्लव)ले जानकारी दिए।
उनका अनुसार कैलाली बहुमुखी क्याम्सको मेगा हलमा हुने उक्त हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ७ हजार रुपैया, दोस्रो हुने टिमलाई ५ हजार र तेस्रो हुने टिमलाई ३ हजार रुपैया पुरस्कार प्रदान गरिने छ। एउटा टिममा चार जनाले सहभागिता जनाउन पाउनेछन्।





प्रतिक्रिया दिनुहोस्