‘चुनावमा घरघर पुग्न नसके पनि, जितेपछि घरघरमा विकास पुर्याउँछु’- मनु शाह

कैलाली । कैलाली ५ मा नेपाली काँग्रेसका उम्मेदवार नर नारायण शाह (मनु)ले चुनावमा जनताको घरघरमा जान नसके पनि चुनाव जितेपछि घरघरमा विकास र समृद्धि पुर्याउने बताएका छन् ।

अहिले चुनावी अभियानका क्रममा सबै मतदाताको घरघरमा पुग्न नसकेको स्वीकारर्दै शाहले विजयी भएपछि भने विकास र समृद्धि प्रत्येक नागरिकको घरसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सीमित समय, भौगोलिक कठिनाइ र व्यस्त तालिकाका कारण सबै घरमा पुग्न नसकेको शाहले स्पष्ट पारेका छन् ।

त्यस्तै शाहले सडक, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै समग्र क्षेत्रको आर्थिक उन्नतिका लागि योजनाबद्ध रूपमा काम गर्ने बताएका छन् । उनले पारदर्शी र उत्तरदायी नेतृत्वमार्फत जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

स्थानीय मतदातासँग प्रत्यक्ष संवादलाई निरन्तरता दिने र जनगुनासोलाई छिटो समाधान गर्ने व्यवस्था मिलाउने उनको भनाइ छ । निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर ५ मा चुनावी माहोल तातेको छ भने उम्मेदवारहरू आ–आफ्ना प्रतिबद्धता सार्वजनिक गर्न व्यस्त छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार