फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अछाम क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने भएका छन्।
रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै आइतबार अछामको मंगलसेनमा रास्वपाका शाहलाई समर्थन गर्ने सहमति गरेका हुन्।
‘उज्यालो नेपालका उम्मेदवार राजेश रावलले परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा आफ्नो उम्मेदवारी फिर्ता लिई रास्वपाका उम्मेदवार भूपदेव शाहलाई पूर्ण समर्थन गर्ने…,’ सहमति पत्रमा भनिएको छ।
रावलले अब आफू शाहलाई जिताउन लाग्ने बताए।
‘म अब उहाँलाई जिताउनका लागि लाग्नेछु। नयाँ नयाँ मिलेर पुरानालाई हराउनुपर्छ भन्ने हो। मेरोभन्दा उहाँको राम्रो देखियो। तर म समेत उम्मेदवार हुँदा मत काटिन सक्ने जनगुनासो आएकाले समर्थन गर्ने निर्णय लिएको हुँ,’ उनले सेतोपाटीसँग भने।
यस्तै भूपदेव शाहले पनि आफूहरूले मतदाताको चाहनाअनुसार सहमति गरेको बताए।
‘म निर्वाचित भए पछि हामी दुबै जनाको एजेन्डालाई अगाडि बढाउने छु,’ उनले भने।

-1771150155.jpeg)




प्रतिक्रिया दिनुहोस्