कैलालीमा माघ महिनामा ५९ दुर्घटना: ८ जनाको मृत्यु

कैलाली: जिल्ला प्रहरी कार्यालय कैलालीले माघ महिनामा सवारी दुर्घटना र राजस्व संकलन सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, सो महिनामा कुल ५९ सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा ७० वटा सवारी साधन संलग्न रहेको र दुर्घटनामा ८ जनाको मृत्यु तथा ६९ जना घाइते भएका छन्।

सवारी दुर्घटनामा चालकको गल्तीका कारण ४२ वटा दुर्घटना भएका छन् भने यात्रुको कारणले ९ वटा दुर्घटना भएका छन्।

सवारी नियम उल्लङ्घन गर्ने १३७९ वटा सवारी साधनमा कारवाही गरिएको छ भने राजस्व संकलन रकम ११,५२,५०० रुपैयाँ पुगेको छ।

सडक सुरक्षा र ट्राफिक नियम सम्बन्धी जनचेतना बढाउन माघ महिनामा ३९ वटा चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार