धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्वमन्त्री प्रेम आले यतिबेला घरदैलो अभियानमा सक्रिय देखिएका छन् । निर्वाचन मिति (फागुन २१) नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका आलेले घरदैलो अभियानलाई सक्रियता दिएका छन् ।
अहिले आले कैलाली ५ मा टोल–टोल पुगेर मतदातासँग भेटघाट गर्दै उनले आफ्ना एजेन्डा र विगतका कामबारे जानकारी गराइरहेका छन् ।
घरदैलोका क्रममा आलेले विकास निर्माण, रोजगारी सिर्जना, सडक तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय बासिन्दाका गुनासा सुन्दै उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्ने आश्वासन दिएका छन् ।

मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले ‘जनताको विश्वास नै मेरो शक्ति हो’ भन्दै समर्थन मागिरहेका छन् ।
आलेको घरदैलो अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता देखिएको छ । सुरुवातमा खासै माहोल नदेखिएजस्तो भए पनि अहिले पनि आलेको पक्षमा माहोल र समर्थन दुवै बढ्दै गएको स्थानीय नेताहरुको भनाई छ ।
यहीबीच कैलाली–५ मा चुनावी सरगर्मी बढ्दै जाँदा आलेको घरदैलो अभियानले मतदातामाझ चासो बढाएको छ । उनी समर्थकहरूसँगै गाउँ–बस्ती घुम्दै भोट बटुल्ने अभियानलाई तीव्रता दिइरहेका छन् ।




प्रतिक्रिया दिनुहोस्