कैलालीमा मतदाता शिक्षाका लागि १२६ स्वयंसेवक परिचालन हुँदै

धनगढी: कैलालीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न १२६ जना स्वयंसेवक परिचालन गरिने भएका छन्। निर्वाचन कार्यालयले जिल्लाका १३ वटै पालिकाका १२६ वटा वडामा एक–एक जना स्वयंसेवक खटाउने तयारी गरेको जनाएको छ।

प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीका अनुसार प्रत्येक वडामा एक जना मतदाता शिक्षा स्वयंसेवक खटिनेछन्। मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक परिचालक लगायतका क्षेत्रमा कार्यरत महिलालाई छनोट गरिएको छ।

छनोट भएका स्वयंसेवकहरूले लक्ष्य निर्धारण गरी आ–आफ्नो वडामा मतदाता शिक्षा दिनेछन्। उनीहरूले मत सदर र बदर हुने अवस्थाबारे जानकारी गराउनुका साथै सही तरिकाले मतदान गर्ने विधि सिकाउनेछन्। यसका लागि नमूना मतपत्रसहित स्वयंसेवकहरू कार्यस्थलमा परिचालन गरिने जनाएको छ।

निर्वाचन कार्यालयका अनुसार मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार