प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न माग

काठमाडौँः राष्ट्रियसभा सांसदहरुले यही फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

SHIKHAR COOL TECH

आजको बैठकको शून्य समयमा सांसद शारदादेवी भट्टले निर्वाचनका लागि २० दिन मात्र बाँकी रहेको उल्लेख गर्दै शभर भयरहित, त्रासरहित, धाँधलीरहित रुपमा संयमतापूर्वक निर्वाचन सम्पन्न हुनुपर्ने बताइन्। यसका लागि वातावरण बनाउन पनि उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गरिन्।

आजको बैठकमा सांसद गङ्गाकुमारी बेल्वासेले दैलेख जिल्लामा पहिचान भएको पेट्रोलियम उत्खनन गरी व्यावसायिक उत्पादन सुरु गरेर आन्तरिक आवश्यकता पूर्ति गरिनुपर्ने धारणा राखिन्।

सांसद गोपाल भट्टराईले समाजकल्याण परिषद्का करार सेवाका केही कर्मचारीलाई निष्काशन गरिएको विषय सदनमा उठाए।

सांसद सुमित्रा विसीले देशका विभिन्न भागमा हत्या हिंसा बढ्दै गएको समाचार आइरहेको बताउनुहुँदै यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कारबाही र पीडितको न्यायका लागि पहल गरिनुपर्ने बताइन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार