सुदूरपश्चिमका राजनीतिक दलहरूको प्रतिबद्धताः बालबालिकालाई राजनीतिमा प्रयोग नगर्ने

धनगढीः सुदूरपश्चिमका राजनीतिक दलहरूले बालबालिकालाई राजनीतिक प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्। फागुन २१ गते निर्वाचनको महोल संगै बालवालिका निर्वाचनमा प्रयोग भईरहेको सन्दर्भमा शुक्रबार धनगढीमा आयोजित राजनीतिक दल र नागरिक समाज बिच छलफल कार्यक्रममा राजनीतिक दलहरुका प्रनिनिधीहरु उक्त प्रतिबद्धता जनाएका हुन्।

राष्ट्रिय मानवअिधकार आयोग सुदूरपश्चिम प्रादेशकि कार्यालयका मानवअधिकार अधिकृत बिदेशराम चौधरीले बर्तमान अबस्थामा बालवालिकाको अधिकार र बढ्दो प्रयोगका बिषयमा प्रस्तुति प्रस्तुत गर्दै आचारसहितका बारेमा स्मरण गराएका थिए। प्रदेशका विभिन्न जिल्लामा सञ्जाल सञ्चालन गरिरहेका दल तथा नेतृत्वहरूले बालअधिकार संरक्षण र बालबालिकाप्रति हुने सबै प्रकारका राजनीतिक प्रयोग नगर्ने प्रतिबद्धता सहित संयुक्त रूपमा घोषणापत्र जारी गरेका हुन्।

SHIKHAR COOL TECH

‘बालबालिका र विद्यालय शक्ति होइनन्’ भन्ने मुल नाराका साथ जारी गरिएको प्रतिबद्धतापत्रमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने, बालबालिकालाई चुनावी प्रचारप्रसार, जुलुस, पोस्टर टाँस तथा राजनीतिक गतिविधिमा प्रयोग नगर्ने उल्लेख छ। यसैगरी विद्यालय परिसरभित्र कुनै पनि राजनीतिक दलका कार्यक्रम सञ्चालन नगर्ने, बालबालिकालाई राजनीतिक आवाजको आधारमा विभाजन नगर्ने, तथा उनीहरूमाथि हुने शारीरिक, मानसिक, भावनात्मक हिंसा, यौन दुर्घटना, शोषण र भेदभावजस्ता कार्यलाई नागरिक अपराध मान्ने सहमति भएको सामुदायिक बिकाश केन्द्र (सिडिसी) डोटीका कार्यकारी निर्देशक हेमराज जोशी जानकारी दिए।

प्रतिबद्धतापत्रमा बालबालिकाको सर्वतोमुखी सम्मान, सामाजिक समावेशीकरण, गुणस्तरीय शिक्षा, अर्थपूर्ण सहभागिता र सुरक्षा सुनिश्चित गर्न आवश्यक नीति, कानून निर्माण तथा बजेट विनियोजनका लागि प्रदेश र संघीय सरकारसमक्ष पहल गर्ने पनि उल्लेख गरिएको छ।

उक्त प्रतिबद्धतापत्रमा नेपाल काँग्रेस केन्द्रीय सदस्य निपा चोलाख, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिवलय सदस्य राजेश खाती, नेपाल कम्न्युष्टि पार्टीका केन्द्रीय सदस्य प्रेम विश्वकर्मा, स्वतन्त्र पार्टीका धनगढी नगर सभापति तुलाराम खनल गायतका नेताहरूले हस्ताक्षर गरेका छन्। सामुदायिक बिकाश केन्द्र (सिडिसी) डोटीका सहसचिव टेकराज अबस्थीको अध्यक्षतामा भएको कार्यक्रममा एकराज बडुले सहजिकरण गरेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार