काठमाडौंका चोकचोकमा प्रहरी स्ट्याण्डबाई, विमानस्थलमा चेकजाँच कडा

काठमाडौं । राजावादीको सम्भावित प्रदर्शनप्रति उच्च सतर्कता अपनाउँदै प्रहरीले काठमाडौंका मुख्य सडक र चोकमा शुक्रबार बिहानैदेखि गस्ती बढाएको छ । नियमित प्रहरी कार्यमा खटिने टोलीसहित थप टोली पनि स्ट्याण्डबाइ राखिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रवक्ता एसपी पवनकुमार भट्टराईले विभिन्न सडक, चोक र गल्लीमा हुनसक्ने अराजकतापूर्ण गतिविधिप्रति सचेत हुँदै थप संख्यामा प्रहरी परिचालन गरिएको बताए । राजावादी समूहले दिउँसो १२ बजेपछि ज्ञानेन्द्र शाह काठमाडौं विमानस्थलमा अवतरण भएपछि स्वागत गर्ने कार्यक्रम तय गरेको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा पनि सुरक्षा बढाइएको छ ।

SHIKHAR COOL TECH

बिहानैदेखि विमानस्थल प्रवेश गर्ने मानिसलाई चेकजाँच कडाइ गरिएको छ । यद्यपि चेकजाँच प्रहरीले गर्ने नियमित कार्य भएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

राजावादी प्रदर्शनकारीका कारण काठमाडौंमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै काठमाडौंस्थित प्रहरीका विभिन्न गण, गुल्म तथा अन्य कार्यालयका प्रहरी टोली स्ट्याण्डबाई छन् ।

प्रवक्ता भट्टराईले आवश्यक परेको अवस्थामा तुरुन्तै परिचालित हुने गरी थप मद्दत टोली तयारी पारिएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार