सीप तथा रोजगार मेलाः सीप सिकेर आत्मनिर्भर बन्दैछन् धनगढीका महिला

धनगढी । धनगढीमा अहिले सीप तथा रोजगार मेला चलिरहेको छ । युवा तथा सीप सकेर आत्मनिर्भर बन्न चाहनेहरुलाई लक्षित गर्दै सीप मेलाको आयोजना गरिएको हो ।

धनगढी उपमहानगरपालिकाद्वारा आयोजना गरिएको त्यही सीप तथा रोजगार मेला अहिले धेरै महिलाका लागि अवसर मात्रै होइन, आत्मविश्वासको ढोका बनेको छ । हिजोसम्म घरधन्दामै सीमित भएका महिलाहरु अहिले नयाँ–नयाँ सीप सिकेर कमाइ गर्ने तयारीमा छन् ।

SHIKHAR COOL TECH

मेलामा सिलाइ–कटाइ, ब्यूटी पार्लर, कम्प्युटर, खाना पकाउने, हस्तकला जस्ता तालिम चलिरहेका छन् ।

बिहानैदेखि तालिम केन्द्रमा महिलाको चहलपहल देखिन्छ । “अब आफ्नै हातले कमाउन सकिन्छ भन्ने हिम्मत आएको छ ।” एक सहभागीले खुसी हुँदै भनिन् ।

कतिपयले त तालिम सकिनासाथ सानो व्यवसाय सुरु गर्ने सोच बनाइसकेका छन् । कसैले घरमै सिलाइ पसल खोल्ने योजना बनाएका छन् भने कसैले ब्यूटी पार्लर चलाउने तयारी गरेका छन् ।

तालिमसँगै कसरी व्यवसाय सुरु गर्ने भन्ने जानकारी पनि दिइँदा झन् उत्साह बढेको सहभागीहरू बताउँछन् ।

यो मेला महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको हो । अहिले देखिएको जोश–जाँगर हेर्दा, धनगढीका धेरै महिला अब अरूको भर पर्नु भन्दा आफ्नै खुट्टामा उभिने बाटो रोज्दैछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार