गौरिगंगाका खोलामा चुरे मिच्दै अवैध उत्खनन, जेसीबी समातिन्छन् तर हुँदैन कारवाही !

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिकाभित्रका विभिन्न खोलामा चुरे क्षेत्रलाई नै असर पर्ने गरी खुलेआम अवैध उत्खनन भइरहेको पाइएको छ । प्रहरी टोलीले पटक–पटक जेसीबी समाते पनि कारबाही भने शून्यजस्तै हुँदा गैरकानुनी उत्खनन झन् बढ्दै गएको स्थानीयको गुनासो छ ।

बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले शिवगङ्गा खोलाबाट अवैध उत्खनन गरिरहेका २ वटा जेसीबी नियन्त्रणमा लिएको थियो । तर कानुनअनुसार जरिवाना र कारबाही गर्नुको सट्टा १६ हजार रुपैयाँ रोयल्टी काटेर ‘कार्यविधि’को नाममा फेरि उत्खनन गर्न दिइएको पाइएको छ ।

SHIKHAR COOL TECH

प्रदेश र संघीय कानुनले चुरे क्षेत्रमा जेसीबीजस्ता भारी मेसिन प्रयोग गर्न स्पष्ट रोक लगाएको छ । तर गौरिगङ्गामा भने भारी मेसिन प्रयोग गरेर धमाधम उत्खनन भइरहेको आरोप छ ।

प्रहरीले अहिलेसम्म दुई पटक मेसिन नियन्त्रणमा लिए पनि दुवै पटक बिना कारबाही छाडिएको बताइन्छ । प्रहरीका अनुसार इजाजत र वातावरणीय प्रभाव मूल्यांकन नभएको ठाउँमा मेसिन चलेको देखेपछि नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाउने गरिएको छ । तर नगरपालिकाले नै कारबाही नगरी पुनः ठेकेदारलाई जिम्मा लगाउने गरेको स्रोत बताउँछ ।

मेयर र उपमेयरले पनि कारबाही प्रभावकारी नभएको स्वीकार गरेका छन् । अन्य पालिकामा भएका क्षेत्रमा मात्र रेखांकन गरेर उत्खनन गर्न दिइने भए पनि यहाँ भने रेखांकनबिनै, चुरे क्षेत्रमै असर पुग्ने गरी काम भइरहेको आरोप छ ।

अनुगमन फितलो हुँदा नगरपालिका, ठेकेदार र सरोकारवाला निकायबीच मिलेमतो भएको हो कि भन्ने आशंका स्थानीयले गरेका छन् । अवैध उत्खननका कारण नदीको धार बदलिने, बाढीको जोखिम बढ्ने र बस्ती नै जोखिममा पर्ने खतरा बढेको भन्दै तत्काल कडाइ गर्न उनीहरूको माग छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार