ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

विष्णुप्रसाद पोखरेल

दमक, माघ २९ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एक साता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेर काठमाडाैँ फर्कनुभएको छ । पार्टीको प्रतिबद्धता पत्र बनाएर सार्वजनिक गर्ने तयारीका लागि उहाँ राजधानी फर्कनुभएको बताइएको छ ।

SHIKHAR COOL TECH

झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका ओलीले निर्वाचन क्षेत्रमा पर्ने कमल, गौरादह र गौरीगन्ज पालिकाका एक सयभन्दा बढि स्थानहरूमा मतदाताहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्नुभएको थियो । जहाँ प्रत्यक्ष रूपमा २५ देखि ३० हजार मतदातालाई ओलीले भेट्नुभएको थियो ।

ओलीले स्थानीयका गुनासा र मागहरूलाई सुनेर त्यसलाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा जिताउन आग्रह गर्नुभएको निर्वाचन परिचालन समितिका संयोजक देबेन्द्र दाहालले बताउनुभयो । ओलीले गरेको यस क्षेत्रको विकास र मायालाई स्थानीयले खुलेर प्रशंसा गरेको दाहालको दाबी छ ।

ओलीको प्रत्यक्ष भेटघाट र घरदैलोले पार्टीका नेता कार्यकर्तादेखि लिएर आम मतदाताहरूमा नयाँ प्रकारको उत्साह देखिएको उहाँको भनाइ छ । यो पटक ओलीले आफ्नो निर्वाचन क्षेत्रका बिरामी तथा हिँडडुल गर्न नसक्ने कतिपय मतदाताहरूको घरमा नै पुगेर हौंसला समेत दिनुभएको उहाँले जानकारी दिनुभएको छ ।

ओलीले अझै यस क्षेत्रमा धेरै योजनाहरू अलपत्र रहेकाले त्यसलाई पूरा गर्नका लागि आफू लाग्ने प्रतिबद्धता जनाउनुभएको थियो । औधोगिक पार्क, रङ्गशाला लगायतका ठुला योजनाहरूको विषयमा स्थानीय मतदाताहरूले प्रश्न तेर्स्याएका थिए । ओलीले आफूले बिगतमा गरेका बाचा र प्रतिबद्धतालाई पूर्णता दिने आश्वसन दिनुभएको छ ।

ओली यसैसाता पुन दमक आउने उहाँको सचिवालयले जनाएको छ । अहिलेलाई प्रत्यक्ष उम्मेदवार सहितको भेटघाट स्थगन भएको हो । पार्टीको तर्फबाट घरदैलो र भेटघाट कार्यक्रम जारी रहने नेकपा एमालेका केन्द्रिय सदस्य दीपक कार्कीले बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग नै मूख्य प्रतिस्पर्धा हुने देखेपछि ओलीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै आउनुभएको छ । शाहको चुनावी अभियान यहाँ आक्रमक रूपमा चल्दै आएको छ । यस निर्वाचन क्षेत्रमा ओली कि बालेन भनेर चर्चा चलाइएको छ ।

नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ, श्रम संस्कृती पार्टीका समिर तामाङलगायतका उम्मेदवारहरू घरदैलो र मतदाता फकाउने अभियानमा तिब्र रूपमा लागि रहनुभएको छ । ओली र बालेनको चर्चाले अन्य उम्मेदवारहरू भने ओझेलमा पर्दै आउनुभएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार