छिमेकीलाई ओलीको जवाफ– बुबालाई घर जलेको कुरा सुनाएको छैन

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ आन्दोलनमा जलाइएको आफ्नो बुबाको घर अवलोकन गरेका छन् । भद्रपुर–१ स्थित हिमालीमा रहेको बुबाको घर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जलाइएको थियो ।

काठमाडौं फर्किने क्रममा अध्यक्ष ओली जलेको घर हेर्न श्रीमती राधिका शाक्यसहित हिमाली पुगेका थिए । घर जलेपछि पहिलोपटक उनी हिमाली पुगेका हुन् । 

अध्यक्ष ओलीलाई छिमेकीहरूले बुबाको हालखबर सोधेका थिए । बुबालाई हेर्न पाउँदैनौँ भन्ने जिज्ञासामा जवाफ दिँदै ओलीले भने, “यो जलेको घर हेर्न कसरी पठाउनु, यो घटनाबारे बुबालाई थाहा पनि दिएका छैनौँ ।”

झापा–५ मा चुनावी भेटघाटमा आएका ओली एकसाता मतदातासँग बिताएर बिहीबार काठमाडौं फर्किएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार