रास्वपाले फागुन ६ गतेदेखि धनगढीबाट देशव्यापी चुनावी सभा सुरु गर्ने

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन ६ गतेदेखि देशव्यापी चुनावी सभा गर्ने भएको छ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित सभा सुदूरपश्चिम प्रदेशको धनगढीबाट सुरु गर्न लागिएको रास्वपाले जनाएको छ।

विज्ञापन

SHIKHAR COOL TECH

सोही दिनदेखि आयोजना गरिने सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले एउटै मञ्चबाट सम्बोधन गर्ने रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।

‘फागुन ६ गते सुदूरपश्चिम प्रदेशको धनगढीबाट आमसभाको सुरुआत गर्दै छौँ। सो आमसभामा सभापति र वरिष्ठ नेता एकै मञ्चमा देखिनुहुनेछ। सातै प्रदेशका सबै निर्वाचन क्षेत्रलाई समेट्ने गरी देशव्यापी आमसभाहरू हुँदै जान्छन्,’।

रास्वपामा बालेन समाहित भएपछि पहिलोपटक माघ ५ गते जनकपुरमा पार्टीको चुनावी घोषणासभा आयोजना गरिएको थियो। त्यति बेला एउटै मञ्चमा देखिएका रवि–बालेन त्यसयता एक्लाएक्लै देश दौडाहामा निस्किएका थिए।

जनकपुरको उक्त सभामा जाने क्रममा खुट्टामा चोट लागेको र छालामा संक्रमण भएपछि लामिछाने लामो समय आराम गरेर बसेका थिए। ढिलो गरी देश दौडाहामा निस्किएका उनी यति बेला स्याङ्जा पुगेका छन्।

‘सभापति र वरिष्ठ नेता छुट्टाछुट्टै देशैभरिका निर्वाचन क्षेत्रमा पुगिरहेका छन्। पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी कार्यक्रमहरू तय भएका छन्। अधिकांश आमसभामा दुवै नेताहरू पुग्ने, नभ्याउने अवस्था भएमा छुट्टाछुट्टै पनि जान्छन्,’ रावलले भनिन्।

निर्वाचन आयोगले फागुन ४ देखि १८ गतेसम्म चुनावी सभा गर्ने समयसीमा तोकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार