‘काँग्रेसी किल्ला’ डडेल्धुरामा चुनावी सरगर्मी, देउवाको विकल्प बन्दै महर !

डडेल्धुरा । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसको परम्परागत किल्ला मानिने डडेल्धुरामा राजनीतिक सरगर्मी बढेको छ । यसपटक पार्टी सभापति शेरबहादुर देउवाको प्रत्यक्ष उम्मेदवारी नहुँदा यहाँको चुनावलाई ‘डडेल्धुरामा देउवापछिको काँग्रेस नेतृत्व’ कसले सम्हाल्ने ? भन्ने सन्दर्भमा विशेष रूपमा हेरिएको छ ।

नेपाली काँग्रेसबाट डडेल्धुरामा उम्मेदवारी दिएका नैनसिंह महरलाई डडेल्धुरामा देउवापछि पार्टीको राजनीतिक विरासत अगाडि बढाउने सम्भावित नेताका रूपमा हेरिएको छ ।

SHIKHAR COOL TECH

लामो समयदेखि देउवाको नेतृत्वमा काँग्रेसको मजबुत आधार क्षेत्र रहँदै आएको डडेल्धुरामा मतदाताले निरन्तर काँग्रेसलाई साथ दिँदै आएका छन् । यही कारण डडेल्धुराको राजनीतिक माहोल सँधै राष्ट्रिय राजनीतिसँग जोडिएर हेर्ने गरिन्छ ।

शालीन स्वभाव, भद्र राजनीतिक आचरण र संगठन निर्माणमा लामो अनुभव भएका नैनसिंह महर पार्टीभित्र अनुशासित र अनुभवी नेताका रूपमा परिचित छन् ।

स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक यात्रामा उनले विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । विकास निर्माण, शिक्षा, स्वास्थ्य र पूर्वाधारका सवालमा निरन्तर आवाज उठाउँदै आएका कारण उनको छवि ‘कम बोल्ने तर काममा केन्द्रित’ नेताको रूपमा बनिसकेको स्थानीय नेताहरू बताउँछन् ।

डडेल्धुराको स्थानीय राजनीतिमा चलेको विश्लेषण अनुसार यसपटकको निर्वाचन केवल एक उम्मेदवारको जित–हार मात्र नभई काँग्रेसको भावी नेतृत्व र संगठनको निरन्तरतासँग पनि जोडिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार डडेल्धुरामा काँग्रेसको ऐतिहासिक पकड, स्थानीय संगठनको संरचना र मतदाताको परम्परागत झुकावले निर्वाचनलाई चासोको विषय बनाएको छ ।

डडेल्धुराको निर्वाचन परिणामले केवल स्थानीय प्रतिनिधित्व मात्र होइन, नेपाली काँग्रेसभित्रको आगामी राजनीतिक दिशा र नेतृत्व विकासमा समेत संकेत गर्ने अपेक्षा गरिएको छ । यद्यपि डडेल्धुरामा महरसँग नयाँ दल र नयाँ उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार