सुदूरपश्चिम प्रदेशका टेक बहादुर साउद बने पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो कोच

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय तेक्वान्दो खेलाडी तथा राष्ट्रिय निर्णायक टेक बहादुर साउदले अन्तर्राष्ट्रिय स्तरको कोच प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएको छ। World Taekwondo (WT) द्वारा आयोजना गरिएको WT International Kyorugi Taekwondo Coach Certification Course Level–1 मा सहभागी भई साउदले उक्त कोर्स सफलतापूर्वक उत्तीर्ण गर्नुभएको हो।
यो उपलब्धिसँगै टेक बहादुर साउद सुदूरपश्चिम प्रदेशको हकमा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो कोच बन्न सफल हुनुभएको छ। लामो समयदेखि तेक्वान्दो खेल तथा प्रशिक्षण क्षेत्रमा सक्रिय साउदको यो सफलता प्रदेशकै खेलकुद विकासका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ।
अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र प्रमाणपत्र प्राप्त गरेसँगै अब साउदले खेलाडीहरूलाई विश्व मापदण्डअनुसार प्रशिक्षण दिन सक्ने विश्वास लिइएको छ। यसले सुदूरपश्चिम प्रदेशबाट अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय खेलकुदकर्मी तथा तेक्वान्दो संघले साउदको यो सफलताले प्रदेशको खेलकुद प्रतिष्ठा अझ उचो बनाएको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार