कैलाली-२ः जनताको नजरमा गढिँदै अनुभवले खारिएका थापा

कैलाली । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै कैलाली-२ मा चुनावी सरगर्मी बढेको छ । विभिन्न दलका उम्मेदवारहरु चुनावी अभियानमा होमिएका छन् ।

विभिन्न राजनीतिक दलबाट ह्वाभी वेट उम्मेदवार चुनावी मैदानमा होमिए पनि कैलाली २ मा नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापाको सम्भावनालाई विशेष रुपमा हेरिएको छ । राजनीतिक अनुभव, परिपक्वता र जनसम्पर्कका आधारमा उनलाई अन्य उम्मेदवार भन्दा अघि देखिएको स्थानीय नेताहरुको भनाई छ ।

SHIKHAR COOL TECH

लामो समयदेखि राजनीतिमा सक्रिय थापा जनतासँग नजिक रहेर काम गर्ने नेताका रूपमा चिनिँदै आएका छन् भने उनी कैलाली–२ मा रुचाइएका पात्रमध्ये एक मानिन्छन् ।

त्यसो त थापा युवा पुस्तामा पनि रुचाइएका पात्र हुन् । त्यसैमाथि पछिल्लो समय कैलाली २ मा युवाहरुको समर्थन बढ्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका क्षेत्रमा उनले यसअघि पुर्याएको योगदान तथा सार्वजनिक रूपमा अघि सारेका योजनाले मतदातामा सकारात्मक सन्देश गएको स्थानीय जानकारहरूको विश्लेषण छ । विकासमुखी सोच, स्थिर नेतृत्व र व्यवहारिक दृष्टिकोणका कारण उनको चुनावी सम्भावना बलियो देखिएको आंकलन गरिएको छ ।

यद्यपि कैलाली–२ मा प्रतिस्पर्धा सजिलो भने छैन । कैलाली-२ मा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलले पनि आ-आफ्ना उम्मेदवार मैदानमा उतारेका छन् । यी दलहरू आ–आफ्नो संगठन, पहिचान र मुद्दाका आधारमा मतदाता तान्ने प्रयासमा छन् । तर अनुभवी नेतृत्व, स्थानीय पहुँच र बढ्दो युवा समर्थनका कारण एमाले उम्मेदवार सूर्य बहादुर थापा चुनावी प्रतिस्पर्धामा केही अगाडि देखिएको राजनीतिक वृत्तको विश्लेषण छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार