धनगढी । एमाले उम्मेदवार यज्ञराज ढुंगानाले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली ५ बाट उम्मेदवारी दिएका ढुंगानाले आफ्ना प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
ढुंगानाले आफ्नो प्रतिबद्धता पत्रमा सूचना प्रविधि र डिजिटल विकास, शिक्षा र स्वास्थ्य, सुशासन र पारदर्शिता, युवा, सीप र रोजगारीलाई समावेश गरेका छन् ।
त्यस्तै उनले सुशासन र पारदर्शिता, कृषि र स्थानीय अर्थतन्त्र, पूर्वाधार र शहरी विकास, भूमी अधिकार र सामाजिक न्याय तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकका मुद्दालाई पनि प्रतिबद्धतापत्रमा समावेश गरेका छन् ।
नवजीवन अस्पतालका सञ्चालकसमेत रहेका ढुंगानाले आफूले कैलालीमा रोजगारी सृजना गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका जनताको सेवा समेत गर्दै आएको उल्लेख गरेका छन् । त्यस्तै उनले आफूले बोलेर भन्दा पनि गरेर काम देखाउने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तो छ ढुंगानाले सार्वजनिक गरेको प्रतिबद्धतापत्रः





प्रतिक्रिया दिनुहोस्