
अत्तरिया स्थित दृष्टि फाउन्डेसन नेपालका बृद्धा आश्रममा EDAN द्वारा खाद्यान्न तथा न्यानो कपडा वितरण
अत्तरिया— आज सोमबार अत्तरिया स्थित दृष्टि फाउन्डेसन नेपालद्वारा सञ्चालित बृद्धा आश्रममा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रममा पारि इलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपाल (EDAN) ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको हो।
कार्यक्रम EDAN का अध्यक्ष टेकराज पनेरुको नेतृत्व तथा अन्य कार्यसमिति सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो। खाद्यान्न सहयोगमा भागेश्वर फ्लोर मिल, अत्तरिया र प्रकाश किराना पसल, धनगढीले विशेष योगदान पुर्याएका थिए भने अन्य कार्यसमिति सदस्यहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग गरेका थिए।
यसै अवसरमा EDAN का कार्यसमिति सदस्य अंकित भण्डारीले आफ्नो जन्मदिन बृद्धा आश्रममै मनाउँदै न्यानो कपडा सहयोग गर्नुभएको थियो। साथै EDAN का अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत अन्य सदस्यहरूले इलेक्ट्रोनिक्स सामग्री र फलफूल समेत सहयोग गरेका थिए।
हाल १५ जना बृद्धबृद्धा र केही बालबालिका आश्रित रहेको उक्त आश्रम हालै मात्र सञ्चालनमा आएको हो। दाताहरूको सहयोगमा आश्रम सञ्चालन गरिएको जानकारी आश्रमकी सञ्चालक कल्पना भट्टले दिनुभएको छ।





प्रतिक्रिया दिनुहोस्