नेकपाले सुदूरपश्चिम प्रदेशसभामा पठायो ‘दल मर्ज’को निर्णय, खगराज बने दलको नेता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दल मर्जकाे निर्णय सुदूरपश्चिम प्रदेशसभा सचिवालयलाई पठाएको छ । तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यको बैठकले दल मर्जको निर्णय सचिवालयलाई पठाएको हो ।

यस्तै, बैठकले पार्टीको संसदीय दलको नेतामा खगराज भट्टलाई चयन गरेको छ । भट्ट यसअघि माओवादी केन्द्रका संसदीय दलका नेता थिए ।

SHIKHAR COOL TECH

दल नेता भट्टका अनुसार बैठकमा साबिक ३ वटै दलका १५ जना प्रदेशसभा सदस्य थिए । ‘निर्वाचनका कारण केही साथीहरू बैठकमा सहभागी हुन पाउन भएको थिएन,’ दल नेता भट्टले भने, ‘उहाँहरूले दुवै निर्णयमा आफ्नो सहमति छ भन्नुभएको छ ।’

यस्तै, भट्टलाई नेता चयन गरेपछि लगत्तै बसेको संसदीय दलको बैठकले दलको विधान मस्यौदा तयार पार्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा प्रदेश सांसद रमेशसिंह धामी, ओमविक्रम भाट सरल, खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी छन् । 

तीन दलबीच एकता भएसँगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा ठूलो दल बनेको छ । साविकको माओवादी केन्द्रका सभामुखसहित ११, एकीकृत समाजवादीका तीन (१ जना निलम्बनबाहेक) र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्य थिए । तीनै दलबीच एकता भएपछि २१ प्रदेशसभा सदस्य पुगेसँगै नेकपा पहिलो दल बनेको हो । चार जना प्रदेशसभा सदस्य रहेको तत्कालीन एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीको पद भने निलम्बनमा रहेको छ ।

नेकपा पहिलो दल बनेसँगै नेपाली कांग्रेस दोस्रोमा झरेको छ । उसका प्रदेशसभा १८ सांसद छन् । एमालेका ११ सांसद छन् भने प्रदेशसभामा एकजना राप्रपाका सांसद छन् । स्वतन्त्र सांसद तारा जोशी भने राजीनामा दिएर डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्दै छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार