जेन-जीको मर्मलाई सम्बोधन गर्ने पार्टी कांग्रेस हो : कांग्रेस नेता पुन

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जेन-जी युवाको सपना पूरा गर्ने पार्टी कांग्रेस भएको बताएका छन् । फागनुमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर-३ बाट उम्मेदवारी दिएका पुनले जेन-जी युवाको वास्तविक मागलाई कांग्रेसले पूरा गर्ने बताए ।

जेन-जी युवाले देखेको सपनालाई साकार पार्ने पार्टी कांग्रेस मात्रै भएको उनको भनाइ छ । उनले भने, ‘युवा साथीहरूलाई म आग्रह गर्छु । समग्र पार्टी हेर्नुहोस् । तपाईंहरूले उठाएका मुद्दाको फाइदा अरुले नै लिन खोजिरहेका छन् । जसले युवाहरूको सपना नै देखेको छैनन् । देश निर्माणको योजना नै छैन, त्यो पार्टीले जेन-जी आन्दोलनको फाइदा लिन खोजेको छ । त्यसकारण म युवा जेन-जी भाईहरूलाई आग्रह गर्न चाहन्छु । गलत ठाउँमा गलत चिज गयो भने त्यसको नतिजा पनि गलत नै हुन्छ ।’

SHIKHAR COOL TECH

सबै जाति, धर्म, वर्ग र समुदायलाई समेट्न सक्ने पार्टी कांग्रेस भएको नेता पुनले बताए । उनले भने, ‘सबै धर्म, जाति र वर्गलाई कांग्रेसले नेता बनाएको छ । यो देशको बलियो परिस्थिति निर्माण गर्नको लागि समग्र जाति र धर्मलाई समेट्नको लागि पनि कांग्रेस चाहिन्छ ।’

बाँके-३ का युवाहरूलाई आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सहयोग गर्न पुनले अपिल गरे । उनले भने, ‘कांग्रेस समाजको वास्तविक समस्यालाई सम्बोधन गर्न सक्ने पार्टी हो । त्यसैले आगामी निर्वाचनमा कांग्रेसलाई जित दिलाउन आवश्यक रहेको छ ।’

जेन-जी युवाले देशमा सुशासन, अनियमितता र समृद्धिको लागि गरेको आन्दोलनको मर्मलाई बुझेर नेपाली कांग्रेस अगाडि बढिरहेको उनले दाबी गरे । नयाँ नीति र युवा नेतृत्वमा रहेको कांग्रेसले देशको समृद्धिको लागि काम गर्न सक्ने उनको भनाइ रहेको थियो । पुनले जेन-जीसँग खुला संवाद गरेर कांग्रेसले देश विकासको लागि नयाँ कार्यदिशा बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार