बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । घाइते भएका व्यक्तिहरूको सरकारी अस्पतालमा उपचार हुँदासम्म लाग्ने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय समेत गरेको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । विहीबार बैतडीबाट जन्ती लिएर बझाङतर्फ जादै गरेको बस पुर्चौंडी नगरपालिका–७ स्थित बडगाउँमा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार