अरू उमेदवारलाई गाली नगर्न रविको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा चुनावी प्रचार सुरु गरेका छन् । शुक्रबार चुनावी प्रचारका लागि चितवन– २ का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गर्दै लामिछानेले चुनावी प्रचार सुरु गरेका हुन् । 

रविले अबको लडाईं दलको उमेदवारसँग नभइ गरिबी, अशिक्षा, बेरोजगारीलगायत देशका विभिन्न समस्यासँग भएको बताए । 

SHIKHAR COOL TECH

चुनावी अभियानको क्रममा कसैलाई गालीगलौज नगर्न र कसैले गरे पनि प्रतिबाद नगर्न उनले आग्रह गरे । 

रविले अबको जवाफ मतदानको दिन मतपत्रमा छाप लगाएर दिनुपर्ने बताए । रविले निर्वाचनका क्रममा आफू देशभर जानुपर्ने भएकाले चितवनबासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार