कोलाहल र हल्लाबाट नतर्सिउँ, बदलिएको नयाँ कांग्रेसलाई विश्वास गरौं : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कोलाहल र हल्लाबाट नतर्सिन र बदलिएको कांग्रेसलाई विश्वास गर्न आग्रह गरेका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा थापाले भ्युज र लाइकको पछि नकुदी कांग्रेसको संगठन र तागतमा विश्वास गर्न सबैलाई आग्रह गरे ।

‘भ्युज र लाइकको भरमा सामाजिक सञ्जालका कोलाहल र हल्लाबाट नर्सिउँ । हामीसँग संगठनको तागत छ । वडा, टोल, पधेँरो, शहर बस्तीमा छौँ । सामाजिक सञ्जालमा पनि हुनुपर्छ । तर, नागरिकका मनमा पुग्नुपर्छ’, थापाले भने, ‘नयाँ सोच र शैलीकासाथ आएका छौँ । पाँच वर्षमा के गर्ने भन्ने ठोस सोच र भिजनका साथ आएका छौँ । देश सम्हाल्छौँ । व्यवस्थालाई सुधार्छौ । १६५ वटा क्षेत्रमा निर्वाचन लडेको पार्टी कांग्रेस मात्रै हो । अरु पार्टी छैनन् । यो नयाँ कांग्रेस हो भनेर जनतालाई घरघर गएर बुझाउनुस् ।’ सबैभन्दा पुरानो र बदलिएकोले कांग्रेस विश्वसनीय पार्टी भएको उनको भनाइ छ ।

SHIKHAR COOL TECH

‘कांग्रेस बदलेर आएका छौँ । कांग्रेसलाई माया गर्नुपर्छ । जेन–जी युवा समूहको पार्टी नै यही हो,’ थापाले थप भने, ‘सबैभन्दा पुरानो, अनुभवी, गौरव गर्न सक्ने र संघर्ष गरेको पार्टी हामी हौं । युवाको आवाज बोल्ने पार्टी भएकोले हामीले नै देश बदल्न सक्छौँ ।’

हिजो धेरै गुनासो  र अप्ठ्यारोबीचको पनि कांग्रेसलाई २७ लाख मतदाताले पत्याएको भन्दै उनले यसपटक गुनासो गर्ने स्थितिबाट माथि उठेको पनि बताए । 

‘धेरै गुनासाको बीच हिजो मतदान गर्नुभयो । मतदाताको बीचमा पुग्नुभयो । हिजो अप्ठ्यारो चित्त दुख्दासमेत २७ लाख मत समानुपातिकमा दिनुभएको थियो,’ थापाले भने, ‘तपाईंहरूले भनेको आधारमा हामी बदलिएका छौं । गुनासोको कारणको सम्बोधन गरेर आएका छौं । यसकारण मत दिनुपर्छ भन्नुपर्छ’ थापाले भनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार