धनगढी । भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी गरेको भिडिओ सामाजिक सञ्जालमा आफैंले अपलोड गर्ने एक व्यक्तिलाई प्रहरीले पाँच महिनापछि पक्राउ गरेको छ ।
सिंहदरबारमा आगजनी गरी फर्किएको दाबी गर्दै भिडिओमा देखिएका चितवनका महेन्द्र गौतमलाई विभिन्न प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
पक्राउ परेका गौतम चितवनको खैरहनी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगरमा बसोबास गर्दै आएका छन् ।
गौतमले भिडिओमार्फत सिंहदरबारको गेट तोडी भित्र प्रवेश गरी गृह मन्त्रालयसहित विभिन्न कार्यालयमा आगजनी गरेको बताएका थिए ।
उनलाई आपराधिक उपद्रव कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्