काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने आज दिउँसो २ बजेदेखि चितवनमा भेटघाटमा सरिक हुने भएका छन् ।
यसका लागि उनी बिहान ११ः१५ बजे चितवन प्रस्थान गर्ने तालिका छ ।
उनी दिउँसो १ बजे भरतपुरको लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा पुजामा सरिक हुने बताइएको छ ।
दिउँसो २ बजेपछि भने निवासमै रहेर निर्वाचन परिचालन समिति, अन्य उम्मेदवार, नेता, कार्यकर्तासँग भेटघाटमा सरिक हुने बताइएको छ ।
माघ ४ गते जनकपुर जाँदा खुट्टामा चोट लागेपछि उपचाररत लामिछाने आज आफ्नो निर्वाचन क्षेत्र चितवन–२ जान लागेका हुन् ।





प्रतिक्रिया दिनुहोस्