संविधान संशोधनका लागि मेरो उम्मेदवारी– ईश्वर पोखरेल

नेकपा एमाले नेता ईश्वर पोखरेलले संविधान संशोधनका लागि उम्मेदवारी दिएको भन्दै सुझाव मागेका छन्। पोखरेल काठमाडौं–५ बाट उम्मेदवार छन्। उनी २०५६ सालदेखि नै त्यही क्षेत्रबाटै उम्मेदवार रहँदै आएका छन्। गत निर्वाचनमा उनी पराजित भएका थिए।

‘नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाइ समाजवादको आधार निर्माणको दिशामा अगाडि बढ्ने उद्देश्यका साथ म आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२  मा  नेकपा (एमाले) को तर्फबाट काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार छु,’ उनले भनेका छन्। 

उनले यस क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा रहेको बताएका छन्। 

‘तपाईंको सृजनात्मक र उपयोगी सुझाबले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र वस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु,’ उनले भनेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार