फागुनको पहिलो हप्तादेखि रवि–बालेन देश दौडाहामा निस्कने तयारी, कम्तीमा सात ठाउँमा ठूला सभा गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार तय गरिएका वरिष्ठ नेता बालेन शाह फागुनको पहिलो हप्तादेखि देश दौडामा निस्कने भएका छन्।

केही समयअघि कोशी प्रदेशका तराईसहित पहाडी जिल्ला पुगेका बालने सुदूरपश्चिम, कर्णालीका केही भाग घुमेर पुनः झापा पुगेका थिए। त्यहाँ आफ्नो निर्वाचन क्षेत्र (झापा–५) का मतदाता भेटेर कोशी प्रदेशकै पहाडी जिल्ला उदयपुर, खोटाङ पुगेका बालेन अहिले त्यतै छन्। पार्टीका उम्मेदवार, निर्वाचन परिचालन समितिका पदाधिकारी, सदस्य तथा मतदातासँगसमेत भेटघाटमा सक्रिय छन्। उनी केही दिन यसैगरी व्यस्त रहनेछन्।

SHIKHAR COOL TECH

फागुनको पहिलो हप्ताबाट भने सभापति र वरिष्ठ नेता संयुक्त रूपमा निस्कने तयारी भएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उनका अनुसार कम्तीमा सात प्रदेशमा ठूला सभा गर्ने गरी अहिले तयारी भइरहेको छ। उपसभापति डिपी अर्यालले त्यसको संयोजन गरिरहेका छन्। स्थान भने तय भइनसकेको उनले बताइन्।

‘सात प्रदेशमा ठूला सभा गर्ने गरी तयारी भइरहेको छ। सचिवालयले नै त्यसको खाका बनाइरहेको छ,’ उनले भनिन्।

यसैबीच सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्र जाँदैछन्। उम्मेदवारी दर्ताका दिन सहकारीको मुद्दाको तारेख धाउनुपरेकाले उनले वारेसमार्फत् उम्मेदवारी दर्ता गरेका थिए।

त्यसपछि खुट्टामा समस्या देखिएर घरमै आराम गरिरहेका लामिछाने आजबाट निर्वाचन क्षेत्र जान लागेका हुन्।

रावलका अनुसार सभापति लामिछाने आज बिहान ११ः१५ बजे चितवन जानेछन्।

दिउँसो १२ः१५ बजे  भरतपुर, लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा पुजामा सरिक हुने कार्यसूची उनको सचिवालयले तय गरेको छ।

रास्वपाले चितवन–२ को चुनावी प्रयोजनका लागि भरतपुर–११ विशालचोकस्थित घर भाडाामा लिएको छ। उक्त निवासमा गृह प्रवेश गर्ने कार्यसूची रहेको छ।

२ बजेपछि उक्त निवासमै निर्वाचन परिचालन समिति, अन्य उम्मेदवार, नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यसूची रहेको रावलले बताइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार