धनगढीको ऐश्वर्य विद्या निकेतनका शिक्षक भट्टलाई काँग्रेसले जनमत बुझ्न तीन जिल्ला खटायो

धनगढीः नेपाली काँग्रेसले पार्टीको जनमत बुझ्न सुदूरपश्चिम प्रदेशमा १० जना नेताले जिम्मेवारी दिएको छ।

काँग्रेसको जनमत बुझ्ने जिम्मेवारी पाउनेमा धनगढीको ऐश्वर्य विद्या निकेतन माध्यमिक विद्यालयका शिक्षक नरेन्द्रप्रसाद भट्टसमेत छन्। शिक्षक भट्ट विशेष महाधिवेशनबाट काँग्रेसको केन्द्रीय सदस्य भएका हुन्।

SHIKHAR COOL TECH

काँग्रेसले शिक्षक भट्टसहित सम्झना खत्री र सुशीला मिश्र भट्टलाई सुदूरपश्चिमका तीन जिल्लामा काँग्रेसको जनमत बुझ्न खटाएको हो। शिक्षक भट्टसहित मिश्र र रानालाई काँग्रेको अवस्था बुझ्न डोटी, अछाम र बाजुरा जिल्लामा खटाइएको काँग्रेसले जनाएको छ।

यसैगरी, कैलाली र डडेल्धुराको जिम्मेवारी जगतप्रसाद जोशी, सुनिता राना, नृपबहादुर वड र डाक्टर रणबहादुर रावलले पाएका छन्। हिमबहादुर रावल, निपा चोखाल र विद्या तिमल्सिनालाई कञ्चनपुर, बैतडी, दार्चुला र बझाङ जिल्लाको जिम्मेवारी दिइएको छ।

धनगढीको ऐश्वर्य विद्या निकेतनमा कार्यरत भट्ट काँग्रेसको प्रत्यक्ष राजनीतिमा संलग्न हुँदै आएका छन्। उक्त विद्यालयका अधिकांश शिक्षक नेपाली काँग्रेस र एमालेको क्रियाशील सदस्यता लिएर अध्यापनसँगै पार्टी राजनीतिमा समेत संलग्न हुँदै आएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार