स्वास्थ्य बीमाबारे देखिएको समस्यामा प्रधानमन्त्रीको चासो : आज छलफलको तयारी

काठमाण्डौ – प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाबारे पछिल्लो समयमा देखिएको समस्यामा चासो राख्नुभएको छ । उहाँले अहिले देखिएको समस्या समाधानको प्रयासका लागि आज छलफल बोलाउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सरोकारवाला पक्षसँग छलफल गर्न प्रधानमन्त्री कार्कीले आज दिउँसो बैठक आह्वान गर्नुभएको हो । केही अस्पतालले स्वास्थ्य बीमाबापतको बक्यौता रकम बीमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरेका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी छ ।

SHIKHAR COOL TECH

बीमा बोर्डले यसअघि सूचना निकालेर एक आर्थिक वर्षमा बहिरंग (ओपीडी) सेवाअन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइने जनाएको छ । बोर्डका अनुसार पछिल्लो व्यवस्था आउँदो फागुन १ गतेदेखि लागू हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार