निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह, उम्मेदवार भन्छन् : हामी प्रतिबद्ध छौँ

तिनाउ (रुपन्देही) २१ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा दल तथा तिनका उम्मेदवारहरू आन्तरिक प्रचार प्रसारमा जुटेका छन् ।

फागुन २१ गते हुने निर्वाचनलाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू बिभिन्न रणनीति बनाएर चुनावी मैदानमा होमिएका छन् ।

SHIKHAR COOL TECH

 निर्वाचन नजिकिँदै गर्दा दल तथा उम्मेदवारले आचार संहिता उल्लङ्घन गर्न सक्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहिता बारे उम्मेदवार तथा सरोकारवालालाई सचेत बनाएको छ । 

कार्यालयले सर्वपक्षीय तथा सर्वदलीय अन्तरक्रिया गर्दै निर्बाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।

 रूपन्देहीका प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक अशोककुमार बस्नेतले आयोगले जारी गरेको निर्वाचन आचारसंहिता सबैले पालना गर्नु पर्नेमा जोड दिनुभयो । 

उहाँले राजनीतिक दल, उम्मेदवार सहित सरोकारवाला सबै निकायले आचार संहिता पालना गर्दै निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन आग्रह गर्नुभयो ।‘पालना नगरिएमा उम्मेदवारी नै खारेज हुनेसम्मको दण्ड जरिवानाको प्राबधान छ’ मुख्य निर्वाचन अधिकृत बस्नेतले भन्नुभयो, ‘निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाऔं ।’

कार्यक्रममा सहभागि उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि सबैले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने बारे सहमति जनाउनु भएको छ ।रूपन्देही क्षेत्र नम्बर ३ का एमाले उम्मेदवार बासुदेव घिमिरेले निर्बाचन आचारसंहिता पूर्णरुपमा कार्यान्वयन गर्न कतिपय व्यवहारिक कठिनाइ भएपनि निर्वाचनलाई स्वच्छ, भयरहित र कम खर्चिलो बनाउनका लागि आफु लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले आचारसंहिताले निर्दिष्ट गरेका कुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्वाचन आचारसंहिताको पूर्णरुपमा कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

नागरिक उन्मुक्ति पार्टि नेपालका उम्मेदवार नन्दकुमारी थापाले आचारसंहिता सबैले पालना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले कतिपय दल र तीनका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गर्ने गरेकाले अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

 कार्यक्रममा सहभागी अधिकांश उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले विगतका निर्वाचनमा आचारसंहिताको पूर्ण रुपमा पालना हुन नसकेको र नियमन गर्ने निकायले पनि प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै यस पटक खरो रुपमा उत्रिन आग्रह गरेका छन् । 

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार गोपाल भण्डारीले पूरा गर्न नसक्ने खालका चुनावी घोषणापत्रमाथिपनि निर्वाचन  आचारसंहिताको दृष्टिले अनुगमन गरि कारवाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।

 ‘जनतालाई दिग्भ्रमित गराउने र पूरा नै हुन नसक्ने खालका चुनावी घोषणापत्र तथा चुनावी मुद्दा लिएर मतदाता समक्ष जानेमाथि पनि कडा निगरानी हुनु पर्छ, उहाँले भन्नुभयो ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले रुपन्देहीमा निर्वाचनका लागि आबश्यक शान्ति शुरक्षाको पुर्ण प्रत्याभुति रहेको बताउनुभयो । 

उहाँले ढुक्क भएर मतदान गर्न सकिने सुरक्षाको बातावरण तयार पारिएको उल्लेख गर्दै नागरिकलाई निर्वाचनबारे जागरुक बनाउन आग्रह गर्नुभयो ।

स्थानिय जानकारहरु मोतिप्रसाद सुवेदीले आयोगले जारी गरेको आचारसंहितलाई पुर्ण रुपमा कार्यन्वयन गराउनु पर्नेमा जोड दिनुभयो ।उहाँले निर्वाचनमा स्वच्छ रुपमा प्रतिनिधि छनौट गर्न पाउनु नागरिकको मौलिक अधिकार भएकाले कसैको प्रलोभनमा पर्न नहुने बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार