हिमाली भूभागमा यातायातका साधनबाट मान्छे ओसारेर भए पनि मतदान गराउँछौं- प्रधानमन्त्री कार्की

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुने तय छ।

पहाडी र तराईका भूभागमा मतदानका लागि खासै समस्या नभए पनि उच्च पहाडी र हिमाली भूभागमा भने कठिन हुने देखिएको छ।

SHIKHAR COOL TECH

उच्च पहाडी तथा हिमाली भूभागमा चैतसम्मै हिउँ पर्छ।

त्यसो हुँदा मतदाताहरूलाई मतदानस्थलसम्म पुग्न कठिन पर्न सक्छ।

प्रधानमन्त्री सुशीला कार्कीले सबै क्षेत्रमा मतदान गर्नका लागि सरकारले सक्दो प्रयत्न गर्ने बताएकी छन्।

मंगलबार नवलपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले कठिन भूभागहरुमा यातायातका साधन प्रयोग गरी मतदाताहरूलाई मतदान स्थलसम्म ल्याउन सकिने बताएकी हुन्।

‘थोरै ठाउँ भएका भूभागमा साधन प्रयोग गरेर पनि हुन सक्छ। सवारी साधनबाट मान्छे ओसारेर पनि गर्न सकिन्छ,’ उनले भनिन्।

हुनै नसक्ने अवस्था छ भने अर्को चरणमा गर्न सकिने उनले बताइन्।

‘हुनै नसक्ने अवस्था हो भने त्यही रूपबाट विचार हुन्छ।  कहिँ रोकियो भने सरकारले दोस्रो पटक गराउँछ। तर निर्वाचन चाहिँ जसरी पनि हुन्छ,’ उनले भनिन्।

उनले चुनाव सार्नका लागि कुनै पनि दलहरूले सरकारसँग कुरा नगरेको बताइन्।

‘सर्दैन पनि। किन सार्ने। सबै गरेर ३१/३२ अर्ब रूपैयाँ खर्च हुन्छ। त्यत्रो खर्च भइरहेको छ। यो आपतकालीन अवस्थाको चुनाव हो। त्यही अनुसार चुनाव हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार