बर्दिया राष्ट्रिय निकुञ्जको परेवा ओडारस्थित घडियाल छाडिँदै । तस्बिर सौजन्य : सरोजमणि पौडेल, बर्दिया निकुञ्ज ।
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले खौराहा खोला र बाँके निकुञ्जमा गरी १० वटा गोही छाडेको छ । विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले खौराहा खोलामा ५ वटा गोही छाडेको हो ।
बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारास्थित घडियाल प्रजनन् केन्द्रमा रहेका ५ वटा गोही खोलामा छाडिएको बर्दिया निकुञ्जका सूचना अधिकारी एंव वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।
५ वटा भने बाँके राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा पठाइएको उनले बताए । चार वर्ष उमेरका १ पोथी र ९ वटा भाले मगर गोही छाडिएको हो । चालु आर्थिक वर्षमा ३० वटा घडियाल गोही विभिन्न समयमा प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जले जनाएको छ ।
सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडीयाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको थियो । पश्चिम नेपालको पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया निकुञ्जमा गोही संरक्षणका लागि गोही प्रजनन् केन्द्रको स्थापना गरिएको छ ।
प्रजनन् केन्द्र स्थापना गरिएपछि निकुञ्जमा गोहीको पालनपोषण र स्याहार गर्न थालिएको निकुञ्जले जनाएको छ । पछिल्लो गणना अनुसार घडियाल प्रजनन् केन्द्रमा ठूला १ सय ५० र साना ७० वटा गोही रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्