महामन्त्री पौडेलले भने- तपाईंजत्तिको विकल्प अरु छैनन् भन्ने प्रतिक्रिया पाएको छु

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं–५ मा मतदाताबाट उत्साही प्रतिक्रिया प्राप्त भएको बताएका छन् । बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आफू सांसदका रुपमा गरेको कामका आधारमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बताए । ‘तपाईंलाई भोट दिन्छौं, तपाईंजत्तिको विकल्प अरु छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भने । 

पूर्वमन्त्रीसमेत रहेका पौडेलले आफू सांसद रहँदा विष्णुमति करिडोको रेखांकन गरेर सडक निर्माणको काम निरन्तर भईरहेको बताए । काठमाडौं–५ बाट कांग्रेस उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले सांसदका रूपमा थुप्रै काम गरे पनि पर्याप्त प्रचार हुन नसकेकाले मतदातामाझ भएका कामको प्रचार आवश्यक रहेको बताए । ‘रिंगरोड भद्रगोल अवस्थामा थियो,’उनले भने,‘अहिले धमाधम काम भैरहेको छ ।’ रिंगरोडभित्र विगतमा मेलम्चीको खानेपानी चुहिएर जताततै देखिएको समस्या समेत आफ्नै पहलमा समाधान भएको र सडकको दुरावस्था कम भएको उनले बताए । 

SHIKHAR COOL TECH

मेलम्ची खानेपानी आयोजनाअन्तरगतको पानी रिङरोडबाहिर समेत वितरण गर्ने गरी काम अघि बढेको र हाल बुढानिलकण्ठ तथा टोखा नगर क्षेत्रमा समेत धारा जडान भएर पानी वितरण भएको उनले बताए । ‘हामी आइसकेपछि निरन्तर पैरवी गरेर रिङ्गरोडबाहिर पनि पानी वितरण सम्भव भएको हो,’ उनले भने,‘हाम्रा नेता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा यो सम्भव भएको थियो ।’

मन्त्री पौडेलले नेपालमै पहिलो पटक स्थानीय तहले आवश्यक जमिन समेत किन्ने गरी धनेश्वरमा नमूना खेल मैदानको काम भईरहेको पनि बताए । ‘एक प्रतिस्पर्धीले नगर र वडाले गर्ने काम गरेको भन्ने सुनियो,’ उनले भने ,‘कसको के-के प्रयास र कसरी सम्भव भयो यहाँहरूलाई थाहै छ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार