आगामी २१ फागुनमा हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।
मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिए ।
जिल्लाका ८५ मतदानस्थलमध्ये ५२ वटालाई अति संवेदनशीलमा वर्गीकरण गरिएको हो । १८ वटा मतदानस्थललाई संवेदनशील तथा १५ वटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको प्रनाउ रेग्मीले बताए ।
जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ छ । त्यसमध्ये महिला मतदाता ३४ हजार २८० र पुरुष मतदाता ३७ हजार ४५९ जना छन् ।





प्रतिक्रिया दिनुहोस्