सरकारले जेनजी आन्दोलनमा शहीद घोषणा भएका ४२ जनाको परिवारलाई १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँको दरले रकम उपलब्ध गराउने भएको छ ।
सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएर शहीद घोषणा गरिएकाका परिवारमा झण्डै १२ करोड रुपैयाँ वितरण गर्ने भएको छ । ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ का लागि ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान रकम वितरणको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ ।
पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले कल्याणकारी समाजका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न रकम उपलब्ध गराउने निर्णय गरेको थियो । सो निर्णयअनुसार सोमबार शहीद परिवारलाई वितरण गर्ने रकमसहितको कार्यक्रम खाका अर्थ मन्त्रालयमा प्राप्त भएको बुझाएको मन्त्रालय उच्च स्रोतले बतायो ।





प्रतिक्रिया दिनुहोस्