काठमाडौं। झापा–५ मा प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्। सोमबार साँझ झापा पुगेका उनले मंगलबार बिहानै कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्याबारे छलफल गरे।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र कृषिजन्य विकास जस्ता विषयमा स्थानीय नेतासँग छलफल गरेका रास्वपाले जनाएको छ । प्रत्यक्ष संवादले मतदाताको विश्वास बढाउने र आगामी निर्वाचनका लागि प्राथमिकतामा आधारित एजेन्डा तय गर्न सहयोग गर्ने बालेनले विश्वास लिएका छन् ।
मुख्य चासोका रुपमा हेरिएको यो क्षेत्रमा बालेनले प्रत्यक्ष भेटघाटमार्फत मतदाताको मनोभाव बुझ्ने प्रयास गरिरहेका छन् । आज विहान मात्र कमल गाउँपालिकामा स्थानीय नेतृत्वसँग भेटघाट समेत गरे ।
बालेनले प्रत्यक्ष संवादमार्फत मतदाताबाट प्राप्त सुझावलाई पार्टीको एजेन्डामा समेट्ने प्रतिबद्धता जनाएका छन्। यस्तै उनले आज झापाका अन्य ठाउँहरुमा पनि भेटघाट लाई तिव्र बनाउने रास्वपाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्