चुनावी घोषणापत्रमा यातायात सुधार प्राथमिकतामा राख्न महासंघको आग्रह

काठमाडौँ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात क्षेत्रको सुधार र प्रविधिमैत्री विकासलाई प्राथमिकतामा राखेर चुनावी घोषणापत्र ल्याउन सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ। महासंघले कार्यान्वयनयोग्य र स्पष्ट योजना प्रस्तुत गर्ने दललाई मात्र आगामी निर्वाचनमा संस्थागत सहयोग गर्ने नीति लिएको जनाएको छ।

SHIKHAR COOL TECH

महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले परम्परागत ढङ्गले यातायात क्षेत्र सञ्चालन सम्भव नरहेको उल्लेख गर्दै यसलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने बताए। उनले घोषणापत्रमा यातायात क्षेत्रलाई बेवास्ता गरे राजनीतिक दलले निर्वाचनमा घाटा व्यहोर्नुपर्ने चेतावनी पनि दिए।

यातायातका साधन आयातमा देखिएका समस्या समाधान र नीतिगत सहजीकरणका लागि प्रतिबद्धता जनाउन महासंघले दलहरूको ध्यानाकर्षण गराएको छ। निर्वाचन नजिकिँदै गर्दा व्यवसायीहरूको यो दबाबले राजनीतिक दलहरूलाई आफ्नो एजेन्डा पुनर्विचार गर्न बाध्य बनाउने देखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार