धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मंगलबारदेखि पुनः सार्वजनिक कार्यक्रममा देखिने भएका छन् । खुट्टाको चोट क्रमशः निको हुन थालेपछि उनी कार्यक्रमहरूमा सहभागी हुन लागेका हुन् ।
जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा खुट्टामा चोट लागेपछि संक्रमण बढेपछि रवि अस्पताल भर्ना भएका थिए । १५ गते डिस्चार्ज भए पनि चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गरेका थिए ।
उपसभापति डिपी अर्यालका अनुसार मंगलबारबाट उनी सार्वजनिक कार्यक्रममा सहभागी हुँदै चितवनतिर निस्कने कार्यक्रम तय भएको छ ।




प्रतिक्रिया दिनुहोस्