कैलाली-५: पुराना दलका उम्मेद्वार फेरिए, भाषण फेरिएन

भक्तराज जोशी

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा यसपटक उम्मेदवारका अनुहार नयाँ देखिए पनि उनीहरूले बोकेका एजेण्डा र गरेका बाचा भने वर्षौंदेखि दोहोरिँदै आएका पुरानै छन् ।

निर्वाचन नजिकिँदै जाँदा सबै दलका उम्मेदवारले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई मुख्य मुद्दा बनाइरहेका छन्, तर ती विषयमा ठोस योजना र फरक दृष्टिकोण देखिन सकेको छैन ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेम आले, नेपाली कांग्रेसका नर नारायण शाह (मनु), राष्ट्रिय स्वतन्त्र पार्टीका डा. आनन्द बहादुर चन्द र नेकपा एमालेका यज्ञराज ढुंगाना चुनावी मैदानमा नयाँ दाबीका साथ उत्रिएका छन् । तर उनीहरूका भाषण र प्रतिबद्धता सुन्दा अघिल्ला निर्वाचनकै प्रतिध्वनि जस्तो सुनिन्छ ।

यधपी, रास्वपा उम्मेदवार चन्दलाई कैलाली-५ का जनताले विशेष रुपमा हेरेका छन् ।

व्यवहारिक र नीतिगत तहमा पनि राम्रो अनुभव बटुलेका चन्दको पक्षमा बन्दै गएको माहोलले पनि उनीप्रति नागरिकको समर्थन बढेको पुष्टी गरेको छ ।

तर पुराना दलले उम्मेदवारका अनुहार फेरे पनि जनतामाझ गर्दै हिंडेका बाचा र प्रतिबद्दता विगतका जस्तै छन् ।

‘कृषिमा आधुनिकीकरण’, ‘युवालाई रोजगारी’, ‘सडक, खानेपानी र स्वास्थ्य सेवा विस्तार’ जस्ता एजेण्डा हरेक उम्मेदवारको साझा नाराजस्तै बनेका छन् । मतदाताले भने यी बाचाहरू अघिल्ला निर्वाचनमा पनि सुनेको भन्दै यसपटक परिणाममुखी र स्पष्ट कार्ययोजनाको खोजी गरिरहेका छन्।

स्थानीय मतदाताहरू भन्छन्, “अनुहार नयाँ भए पनि सोच र एजेण्डा पुरानै भए परिवर्तन कसरी हुन्छ?” यही प्रश्नले कैलाली–५ को चुनावी बहसलाई थप पेचिलो बनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार