चुनावको तयारी: माघ २१ गतेदेखि सेना परिचालन गरिने

धनगढी । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना २१ माघदेखि परिचालन हुने भएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना फिल्ड गस्तीमा निस्कनेछ ।

निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार ७२७ सैनिक खटाइने छन् ।

संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वयमा संयुक्त गस्तीसमेत गरिनेछ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिएपछि सुरक्षा योजना तयार गरी तालिम तथा अभ्यास सम्पन्न गरिएको थियो । अहिले सोही योजनाअनुसार सुरक्षा व्यवस्था कार्यान्वयनमा आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार