नेकपाले भन्यो- एमालेसँग चुनावी तालमेलको सम्भावना छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेकपा एमालेसँग चुनावी तालमेलको कुनै सम्भावना नरहेको जनाएको छ। नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले कुनै दलसँग पनि तालमेल नगरी पार्टी चुनावमा होमिसकेको बताए।

उनले नेपाल प्रेससँग भने, ‘हामी एक्लै चुनावमा गइसकेका छौँ। कुनै दलसँग पनि तालमेल नगर्ने पार्टीले निर्णय गरिसकेका छ। त्यही अनुसार अघि बढेका छौँ।’

एमालेबाट चुनावी प्रस्ताव आएको चर्चाबारे पार्टीमा कुनै छलफल नै नभएको बताए। उनले थपे, ‘अहिलेसम्म औपचारिक रूपमा कुनै प्रस्ताव आएको मलाई जानकारी छैन। यस विषयमा पार्टीमा कुनै छलफल भएको पनि छैन। तालमेल गर्ने कुनै सम्भावना हामीले देखेका छैनौँ।’

अर्का नेता प्रकाश ज्वालाले पनि एमालेसँगको चुनावी तालमेलको सम्भावना नरहेको बताए।

उनले भने, ‘अहिलेसम्म त्यस्तो कुनै प्रस्ताव आएको हामीलाई जानकारी छैन। संयोजक र संहसंयोजकसँग निरन्तर संवादमै छौँ। हुने सम्भावना पनि देख्दिनँ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार