प्रहरी जागिर मात्र होइन, विशिष्ट जीवनशैली हो : आईजीपी कार्की

काठमाडौँ । आईजीपी दानबहादुर कार्कीले प्रहरी जागिर मात्र नभएर विशिष्ट जीवनशैली भएको बताएका छन् । आइतबार महाराजगन्ज स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कार्कीले भने, ‘प्रहरी जागिर मात्र होइन, विशिष्ट जीवनशैली हो ।’  

राज्यले दिएको अधिकारलाई जिम्मेवारीको रूपमा लिन कार्यक्षेत्रमा प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई उनले सचेत गराए । सुरक्षामा गरिने लगानीलाई अनुत्पादक लगानीको रूपमा हेर्ने क्लासिकल सिद्धान्तमा परिवर्तन आएको कार्कीले बताए । उनले भने, ‘युग सुहाउँदो लगानी हुनु आवश्यक छ ।’ 

१८ महिना लामो तालिम पुरा गरेर आइतबार प्रहरीको १८३ औँ समूहका ९२ जना प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । दीक्षित हुनेहरूमा ९ महिला र ८३ जना पुरुष छन् । 

प्रहरीले धुलो टकटक्याएर उठेको उल्लेख गर्दै कार्कीले भने, ‘खरानीबाट उठेको प्रहरी पुनः नागरिकको सेवामा समर्पित भएको छ ।’ प्रहरीको दायित्व थप बढेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार