चुनावपछिको प्रतिनिधिसभा बैठक नयाँ संसद भवनमा बस्ने

आगामी २१ फागुनको चुनावपछि गठन हुने प्रतिनिधिसभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ । नयाँ संसद सञ्चालन गर्न सरकारले निर्माणाधीन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

उनका अनुसार निर्माणाधीन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध हुनेछ । निर्माणाधीन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको र चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको गिरीले जानकारी दिएका छन् । 

SHIKHAR COOL TECH

624160913_2401600880311616_1791900983634903959_n-1770015743.png
‘निर्वाचनपश्चात् गठन हुने प्रतिनिधिसभाको बैठक कहाँ बस्छ भन्ने जिज्ञासा बारम्बार आउने गरेको छ । यस सम्बन्धमा सचिवालयले पनि नेपाल सरकारसँग छलफल गरिरहेकै अवस्था हो । जुन निर्माणाधीन संसद भवन छ, त्यसमा १२ वटा भवन रहेका छन्, जसमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने तयारी भएको छ । अब गठन हुने प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकसमेत निर्माणाधीन नयाँ संसद भवनमै बस्ने जानकारी सरकारले गराएको छ’, गिरीले भने ।

उनका अनुसार अहिले बन्दै गरेको नयाँ संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । अझै पनि समय बाँकी छ । अबको एक महिनामा बाँकी कामहरू सम्पन्न गरेर चैतको पहिलो हप्तासम्ममा सचिवालयलाई उपलब्ध गराइनेछ ।

यस कारण हालसम्म संसद सचिवालयको अर्को वैकल्पिक व्यवस्थाको बारेमा सरकारले सोचेको छैन । २१ फागुनको निर्वाचनपछिको प्रतिनिधिसभाको बैठक नयाँ संसद भवनमै बस्नेगरी सरकारले तयारी गरिरहेको उनले जानकारी दिए ।

यसअघि नयाँ बानेश्वरमा रहेका संसद भवन जेन–जी आन्दोलनमा जलेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार